धनगढी : सुदुरपश्चिम प्रदेशमा भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले चैत २३ गते भोली सार्वजनिक बिदा दिएको हो ।
प्रदेश राजपत्रमा उल्लेखित विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो ।
रानाथारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।