धनगढी :नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा टेकसिँह धामी र राजकुमार साउद मनोनित भएका छन्। शनिबार धनगढीमा बसेको महासंघको बैठकले धामी र साउदलाई सदस्यमा मनोनित गरेको हो।
सदस्यमा मनोनित धामी सुदुरपत्रका सह सम्पादक तथा थाहाखबरका संवाददाता हुन् । भने राजकुमार साउद अत्तरिया खबरका संचालक हुन । सदस्य मनोनित गर्दै महासंघले नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरेको छ ।
शुभकामना आदानप्रदान गर्दै महासंघलाई थप सशक्त बनाउनुपर्ने अध्यक्ष्य पाण्डव पुजाराले बताए । उनले नयाँ बर्षमा थप कार्यक्रम तथा योजनाका साथ महासंघ अगाडी बढ्ने बताए ।