धनगढी : महेन्द्रनगर १३ पिपरैयाका १८ बर्षीय आकाश वि.क.चैत ११ गते घर नजिकैको मैदानमा स्कुटर चलाउन सिकीरहेका थिए । चल्दैगरेको स्कुटर बाट एक्कासी खसेका आकाशको छातिमा स्कुटरको ह्यान्डर जोरले लाग्यो । पिडाले छटपटाउदै उनि घरसम्म पुगे तर केही छिन पछि उठ्नै नसक्ने भएपछि परिवारका अन्य सदस्यले नजिकैको हस्पिटलममा पुगाए । अस्पतालमा डाक्टरले भित्रिचोट लागेको हुनसक्छ ,हामीसंग आबस्यक सामाग्री छैन धनगढी लग्नुस भनेपछि धनगढी ल्याईयो ।
जन्मेदेखी आजको दीनसम्म छोरालाई सामान्य औषधी उपचार पनि गर्नु नपरेको तर एक्कासी बेहोस अबस्यामा देख्दा आमा पार्जती वि.क अचेत अबस्थामा पुगिन । का लग्ने ,कसरी लग्ने भन्ने चिन्ता एकातिर थियो भने अर्कोतिर छोरा बाच्दैन भन्ने चिन्ता अर्कोतिर । तर मेरो छोरालाई निसर्ग हस्पिटलले दोस्रो जम्म दिएको छ । मेरा लागी डाक्टर भगवान हुन, उनले भनिन् ।
चल्दैगरेको स्कुटर बाट एक्कासी खसेका आकाशको छातिमा स्कुटरको ह्यान्डर जोरले लाग्दा उनको ऋत् क्ऋब्ल् गर्दा द्ययियम त्चबmब ब्दमयmभल धष्तज क्उभिलष्अ च्गउतगचभ न्चबमभ V । (ब्लड ट्रमा एब्डोमेन विथ स्पिलिनिक रप्चर ग्रेड V ) भएको देखियो । यस्तो अबस्थामा बिरामीलाई बचाउन ईमरजेन्सी पेट चिरेर फियो निकाल्नुपर्ने र बगिरहेको रगतलाई नियन्त्रण गर्नुपर्ने थियो । र ३ लिटर जति रगत बगिसकेको अबस्थामा हाम्रो टिमले निकै मेहेनतका साथ बगिरहेको रगतलई पेटबाट बाहीर निकालेर उपचार गर्न सफल भएका थियौ,उपचारमा संलग्न जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मेराज आलम अन्सारीले बताए ।
आकाशका दाई भरत ताम्राकारले भने मेरो एउटा मात्रै भाईले पुनरजन्म पाएको छ, निसर्ग परिवार र डाक्टरलाई धन्यवाद ।
जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मेराज आलम अन्सारी, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, डाक्टर गोविन्द तिवारी, यादब जोशी, लक्ष्मी खत्री, कल्पना बुढा लगाएतको टिमले उपचार गरेको थियो ।