२४ मंसिर २०७९, शनिबार

धनगढीमा रहेको कैलाली हस्पिटलले चिकित्सक,नर्ससहित २१ कर्मचारी माग्यो !

२० चैत्र २०७७, शुक्रबार
धनगढीमा रहेको कैलाली हस्पिटलले चिकित्सक,नर्ससहित २१ कर्मचारी माग्यो !

धनगढी : धनगढीमा रहेको कैलाली हस्पिटल प्रालिले चिकित्सक, नर्ससहित २१ कर्मचारीको माग गरेको छ ।

विशेषज्ञ सेवा दिदै आएको कैलाली हस्पिटलले चैत १७ गते एक बिज्ञापन जारी गर्दै चिकित्सक,स्टाफ नर्ससहित कर्मचारी माग गरेको हो ।

हस्पिटलका अनुसार रेडियोलोजीस्ट १ जना,एमबिबिएस चिकित्सक ४ जना,बि नर्सिङ्ग/बिएस्सी २ जना,स्टाफ नर्सिङ ४ जना,हेल्थ असिस्टेन्ट ३ जना,बिएमएलटी(मेडिकल ल्याबोरटोरी) १ जना,रिसेप्सन २ जना,फार्मेसिङ्ग असिस्टेन्ट २ जना,कम्प्युटर अपरेटर १ जना र रेडियोग्राफर १ जना माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बायोडाटा,कभर लेटर,शैक्षिक/अनुभव प्रमाणपत्र सहित चैत ३० गतेसम्म आवेदन दिन सकिने हस्पिटलले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo