KhabarUjyalo

चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ हुने

२० चैत्र २०७७, शुक्रबार
चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ हुने

काठमाडौँ । यही चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ ।

जिल्ला सहकारी सङ्घ काठमाण्डौ र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ को आयोजना हुने भएको हो ।

काठमाण्डौमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी यस कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसङ्घ, सहकारी अभियान, लायन्स क्लबका व्यक्ति, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।

प्रतियोगितामा १० टोली रहने जिल्ला सहकारी सङ्घ काठमाण्डौका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । साथै कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी पनि कायम गरिने उनले जानकारी दिए ।

खेल सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo