KhabarUjyalo

धनगढीमा वायु प्रदुषण घातक तहमा

१९ चैत्र २०७७, बिहीबार
धनगढीमा वायु प्रदुषण घातक तहमा

सुदूरपश्चिमको धनगढीमा भने वायु प्रदुषण घातक तहमा पुगेको छ।

वातावरण विभागको तथ्यांकअनुसार बिहीबार बिहान धनगढीको एक्वुआई ४४२ पुगेको छ।

काठमाडौ लगायत अन्य शहरमा वायु प्रदुषण हुन थालेको छ ।वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ मंगलबार घरनजिकैको मेडिकलमा गए। आँखा पिरो भएको निको पार्ने औषधी किनेर फर्किए। केही दिनयता श्रेष्ठजस्तै काठमाडौंवासी धेरैले आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या झेलिरहेका छन्।

काठमाडौंमै जन्मे-हुर्केका ८४ वर्षीय श्रेष्ठले पिरो हावा यति धेरै दिनसम्म काठमाडौंमा बसेको बस्यै भएको थाहा पाएको यो पहिलो पटक हो।

‘यो बेला त हावाहुरी चल्ने, असिना-चट्याङ पर्ने हुन्थ्यो। चैतको महिना रूखका पात पनि नहल्लिने यस्तो भएको मलाई याद छैन,’ श्रेष्ठले सेतोपाटीसँग भने,‘पुस-माघतिर काठमाडौंमाथि चिसो हावाको बिर्को लागेर घाम लाग्दैनथ्यो। चैतमा तुँवालो लाग्थ्यो तर यस्तो आँखा पोल्नेचाहिँ हुन्नथ्यो।’

मध्य चैतमा वायुमण्डलमा आएको यो अप्रत्यासित र अनौठो परिवर्तन के हो, किन र कसरी भयो भन्ने चासो धैरैलाई छ।

यसपालि चैतमा किन यस्तो भइरहेको छ भन्ने प्रश्नका धेरै कुरा प्रकृतिको रहस्यमै छन्। विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र प्रदुषणले अहिलेको अवस्था आएको बताएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo