९ जेष्ठ २०७९, सोमबार

मूर्ख गोपी दाई !

१४ बैशाख २०७९, बुधबार
[Sassy_Social_Share]
मूर्ख गोपी दाई !

सुदूरपश्चिमका प्रतिष्ठित व्यापारी हुनुहुन्छ, धन सम्पती छदैछ, सुदुरपश्चिम भरी मान सम्मान उत्तिकै छ ।

दिमाग बिग्रिएछ क्यारे, बाटोघाटो राम्रो बनाउँछु, फोहोरमैला व्यवस्थापन गर्छु, शिक्षा प्रणालीलाई सुधार्छु पो भन्नु हुन्छ त। अझ त्यतिले नपुगेर हाम्रो मौलिक संस्कृतिलाई बचाउनुपर्छ, समृद्ध धनगढी पो बनाऊ छु भन्नु हुन त ।
कस्तो मूर्ख होलान् , धनगढी मोडेलको कुरा गर्ने , विकास र व्यवस्थापनको कुरा गर्ने… पैसा कमाउनु भएको थियो उमेर नी ढल्किदै थियो चुप लागेर बसे हुने नी ।

हामी फोहोरमा बस्ने बानी परेकाहरुको सहर किन सफा बनाउने? हामीलाई फोहोर नै मन पर्छ। किन शिक्षा प्रणाली राम्रो बनाउने, त्यसरी त हामी असल मानिस बन्छौँ… अनि त बर्बाद… राम राम राम !!!
संस्कृति किन बचाउने? पहिचान किन जोगाउने? धनगढी मोडेल किन बनाउने फोहोर सहर , खाल्डा खुल्डी ले हामी खुसी थियौं नी ।
भ्रस्टचार बाट अलिकति कमाएका नै थियौ फेरी भ्रस्टचार को अन्त्यको पो कुरा गर्नु हुन्छं ।

तपाईं लाई कसले पत्याऊ छ गोपी दाई न तपाईं संग मासु भात रक्सी खिलाउने पैसा नै होला न अरूको जसरी पैसा बाड्दै हिड्ने पैसा पुग्ला किन भोट हाल्ने तपाईंलाई ।
फेरि परिश्रीमक न लिने रे यसरी त हामी लाई नी भ्रस्टचार गर्न गारो हुन्छं नी किन हाल्ने तपाईं लाई भोट ?

ए धनगढी वासी हरु यदि चेतना छ भने सधैं गलत मान्छेलाई चुनेर त्यही व्यक्तिलाई गाली दिनु भन्दा एक पटक असल व्यक्तिलाई भोट दिएर हेर , अनि कहिले कसैलाई दोष दिनु पर्ने अवस्था नै आउँदैन ।
धनगढी र सुदुरपश्चिमको विकासका अभियन्ता गोपी दाईलाई अझै पनि चिन्न सकेनौं भने नी तपाईं हरुको भाग्यमा त्यही फोहोर, भ्रस्टचार मा लिप्त , बाटोमा पोखरी भएको धनगढी हुने छ । एक चोटि विवेक पुर्याउ गोपी दाईलाई जिताऊ

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo