KhabarUjyalo

काठमाडौंमा एक अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको मृत्यु

८ बैशाख २०७९, बिहीबार
काठमाडौंमा एक अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । अहिले १० बजेतिर भएको विष्फोटमा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo