धनगढीः धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका ५ जाली चोकस्थित गोलघरनजिक एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका ३० वर्षीय मनोज जोशी बिहीबार बिहान ६ बजेको समयमा मृत फेला परेको जनाएको छ ।
शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए।