KhabarUjyalo

अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन कांग्रेस महामन्त्री बिश्वप्रकाशको आग्रह

७ बैशाख २०७९, बुधबार
अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन कांग्रेस महामन्त्री बिश्वप्रकाशको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । उनले अर्थमन्त्री शर्माको नाम नलिएर पूर्वअर्थमन्त्री एवम् कांग्रेस नेता महेश आचार्यलाई सम्झँदै राजीनामाको कुरा उठाएका हुन् ।

कांग्रेस नेता आचार्यको तस्वीर शेयर गर्दै उनले लेखेका छन्, बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्–नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति ।

उनले लेखेका छन्,‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo