धनगढी – कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
जिल्लाको मोहोन्याल गाउँपालिका – ५ मा मिनीट्रक दुर्घटना हुँदा चालक गौरीगंगा नगरपालिका ४ बस्ने छम्मन प्रसाद सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
१ क ४०७ नम्बरको मिनीट्रक सिंहासन सामुदायीक वनको कच्ची सडकमा दुर्घटनामा भएको र दुर्घटनामा स्थानीय गोविन्द गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते गुरुङको धनगढीको नवजिवन अस्पतालमा उपचार भइरहेको छ ।