KhabarUjyalo

गन्यापधुराको अध्यक्ष पदका लागि एकीकृत समाजवादीबाट जोशी र बिष्टको नाम सिफारिस

६ बैशाख २०७९, मंगलवार
गन्यापधुराको अध्यक्ष पदका लागि एकीकृत समाजवादीबाट जोशी र बिष्टको नाम सिफारिस

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले दुई जनाको नाम सिफारिस गरेको छ।

जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर बिष्ट र बोलन्या थलीका संयोजक यादव जोशीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

जिल्ला कमिटीले सिफारिस गरेको दुई जनाको नाम मध्ये प्रदेश कमिटीले एकजनालाई छनोट गरि गाउँपालिकाको प्रमुखको टिकट दिने छ ।

यादव जोशीको गन्यापधुरा गाउँपालिकामा युवा माझ लोकप्रिय रहेका छन् । बोलन्या थलीको संयोजक भएर सुदूरपश्चिमका जल्दाबल्दा मुद्दालाई केन्द्रित गर्नमा ठूलो भुमिका खेल्दै आएका थिए भने पश्चिम सेती परियोजना तत्काल निर्माणका लागि रोचक शैलीमा राज्यलाई दबाब दिने भुमिका खेल्दै आएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo