KhabarUjyalo

मानबहादुरले वडाध्यक्ष पद राजीनामा दिएर नगरप्रमुखमा बागी उम्मेदवारी घोषणा !

६ बैशाख २०७९, मंगलवार
मानबहादुरले वडाध्यक्ष पद राजीनामा दिएर नगरप्रमुखमा बागी उम्मेदवारी घोषणा !

रुकुम पश्चिम – रुकुम पश्चिममा एक वडाध्यक्षले आफ्नै पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी घोषणा गर्दै पदबाट राजीनामा दिनुभएको छ । 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का अध्यक्ष मानबहादुर चदाराले पदबाट राजीनामा दिनुभएको हो । २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका वडाध्यक्ष चदाराले आज मङ्गलवार नगरपालिकाका मेयरलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको छ । 

यही वैशाख ३० गते हुने पालिका चुनावमा आठबीसकोट नगरपालिकामा पार्टीले सिफारिस गरेका मेयर र उपमेयर पदको उम्मेदवारप्रति चित्त नबुझेर राजीनामा दिएको उहाँको भनाइ छ । उहाँले सम्भावित उम्मेदवारलाई सामान्य सोधपुछसमेत नगरि एकलौटी रूपमा उम्मेदवार सिफारिस गरेको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । माओवादी केन्द्रबाटै उम्मेदवार रहेर वडाध्यक्ष हुनुभएका चनाराले पार्टीले आठबीसकोटमा ज्यादती, मनोमानी, अराजकता, तानाशाही प्रवृत्ति देखाएको र एकल निर्णय गरेको आरोप लगाउँदै बागी उम्मेदवारी दिनेसमेत बताउनुभएको छ । 

हिजो सोमवार नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले पालिका चुनावका लागि उम्मेदवारहरू सिफारिस गर्ने निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिको बैठकले पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरू टुङ्गो लगाइ प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेपछि वडाध्यक्ष चनाराले वडाध्यक्ष पद त्यागेर बागी उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

आठबीसकोट नगरपालिकाको मेयरमा रवि केसी र उपमेयरमा धनकुमारी शाहीलाई पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo