KhabarUjyalo

देउवाको गृह जिल्ला डडेल्धुरामा गठबन्धन नहुने सम्भावना बढ्यो, छुट्टाछुट्टै चुनाव लड्ने तयारीमा लागे !

६ बैशाख २०७९, मंगलवार
देउवाको गृह जिल्ला डडेल्धुरामा गठबन्धन नहुने सम्भावना बढ्यो, छुट्टाछुट्टै चुनाव लड्ने तयारीमा लागे !

डडेल्धुरा : प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामै आगामी स्थानिय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने सम्भावना बढेको छ ।

पटकपटक बसेको बैठकमा गठबन्धन दलहरुले पालिकामा आ-आफ्नै दावी गर्दा सहमति जुट्न नसकेको हो । सोमबार जिल्लामा बसेकोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

नेपाली काङ्ग्रेसले जिल्लाका ७ वटै पालिकामा काङ्ग्रेसको बलियो सम्भावना रहेकोले अन्य दललाई पालिका छोड्न नसक्ने भन्दै सत्ता गठबन्धन दलको बैठकमा दावी गरेको छ ।
जिल्लामा भएको सता गठबन्धन दलको बैठकमा आ-आफ्नो दाबी गरेपछि जिल्लाका ७ वटै पालिकामा स मा चुनावी प्रतिस्पर्धा गर्ने गरि छलफल टुङिएको काङ्ग्रेस जिल्ला सचिव शेर भण्डारीले बताए ।

‘अरुलाई पालिका छोडेर जिल्लामा काङ्ग्रेस गठबन्धनमा जान पक्षमा छैन, गठबन्धन दलबिच छुट्टाछुट्टै भएर स्वस्थ चुनावी प्रतिस्पर्धामा मैत्रीपुर्णता भावले अगाडि बढ्ने गरी निर्णय गरेका छौं ।’ सचिव भण्डारीले भने ।

उनले जिल्लामा गठबन्धन गरेर अघि बढ्ने सम्भावना कम भईसकेको छ । गटबन्धन बारे केन्द्रबाट स्पष्ट निर्देशन आए पछि छलफल गर्न अहिलेलाई छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा जाने सचीव भण्डारीले बताए ।

गत स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा जितेको थियो। कांग्रेसले चारै स्थानीय तहमा प्रमुख–उपप्रमुख दुवैमा विजयी भएको थियो। भने नवदुर्गामा उपाध्यक्षमा विजय गरेको थियो । अहिले डडेल्धुरामा कांग्रेसभित्र दुईवटा गुट छन्। एक देउवा गुट र अर्को निवर्तमान जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल गुट रहेको छ । दुईटै गुट आ-आफ्नो प्रचारप्रसारमा लागिरहेका छन् भने सहमतिमा अगाडि नबढे कर्ण मल्ल सबै पालिकामा काङ्ग्रेसबाटै बागी उम्मेदवार उठाउने चेतावनी दिएका छन् ।

आ-आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् । दुवै दलका उम्मेदवार चुनावी तयारी स्वरूप घरदैलो कार्यक्रम गरी प्रचार प्रसारमा जुटेका छन् । स्थानीय तहको चुनावमा पाँच दलीय सत्ता गठबन्धन दलबीच स्थानीय तहमा भागबण्डा आ-आफ्नै उम्मेवार घोषणा गर्न थालेपछि टुंगो नलाग्ने अवस्था देखिँएको हो ।

माओवादी केन्द्रले ३ स्थानीय तहमा दाबी गरेको छ। भित्री मधेशको परशुराम नगरपालिका, आलिताल गाउँपालिकाका साथै अजयमेरु गाउँपालिका प्रमुखमा माओवादीले दावी गरेको छ । हाम्रो बलियो रहेको पालिका पनि काङ्ग्रेस र एकीकृत समाजवादी पार्टीले दाबी गरेपछि उक्त पालिकामा नछाड्ने भएपछि पालिकामा आफ्ना उम्मेदवारी घोषणा गरे चुनावी प्रचारमा लागिसकेको माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए । नेकपा माओवादी केन्द्रले पर्शुराम नगरपालिका र अजयमेरु गाउँपालिकामा आफ्ना उम्मेदवारको नाम सिफारिस गरेर चुनावी प्रचार लागि सकेको छ। गत स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो।

यद्तै नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका २ स्थानीय तहको प्रमुखमा दाबी गरेको छ। आलिताल र नवदुर्गा गाउँपालिकामा दाबी गरेको हो । डडेल्धुरा जिल्लामा गठबन्धन गरेर चुनावमा जाने सम्भावना लगभग टुंगि सकेको एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष तुलाराम बोहराले बताए । ‘केन्द्रले के निर्णय गर्छ, त्यही निर्णयको पर्खाइमा रहेका छौँ, जिल्लामा भने गठबन्धन हुने सम्भावना कम भईसकेको छ।’ उनले भने,
एक दुई दिनमा पालिकाका उम्मेदवार सिफारिस गरि चुनाव प्रचारप्रसारलाई अगाडि बढाइने पार्टीका जिल्ला अध्यक्ष बोहराले बताए । गत स्थानीय तहको चुनावमा नेकपा एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जितेको थियो। एमाले अमरगढीमा नगरप्रमुख र उपप्रमुख तथा नवदुर्गामा गाउँपालिका अध्यक्ष जितेको थियो।

५२ वटा वडा रहेको जिल्लामा ७४ सालको चुनावमा नेकपा एमालेले सबैभन्दा बढी १९ वडा जितेको थियो। त्यसपछि नेपाली कांग्रेस १७ र माओवादी केन्द्र १६ वडामा विजयी भएको थियो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo