KhabarUjyalo

तराईमा तापक्रम बढ्दै, सकेसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन आग्रह

६ बैशाख २०७९, मंगलवार
तराईमा तापक्रम बढ्दै, सकेसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन आग्रह

काठमाण्डाै – तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै गएको छ । केही दिनदेखि तापक्रम बढिरहेको र अझै तापक्रम बढ्ने देखिएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।

पछिल्लो २४ घन्टामा धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । यस्तै, दिपायल, विरेन्द्रनगर, भैरहवा लगायतका सहरमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ । गर्मी बढेको बेलामा सकेसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन र निस्कनै परे प्रशस्त पानी पिउनुका साथै अनुहार र शरीरमा सिधा घाम पर्न नदिन छाता ओढ्नेलगायत उपाय अपनाउन वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. धुव्र गैह्रेको सुझाव छ ।

गर्मी बढेको बेलामा प्रशस्त पानी तथा दही मोही खान र प्रोटिनयुक्त खाना कम खान पनि उहाँको सल्लाह छ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित सामान्य वर्षा हुने सम्भावना रहेको छ ।

प्रि-मनसुनको समय भएकाले केही ठाउँमा बद्ली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo