अछाम। कर्णाली नदिमा डुबेर बेपत्ता भएका अछामका २ बालक मध्ये एक जनाको शव फेला परेको छ । सोमबार जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्वर ८ का २ जना कर्णाली नदिमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । नगर पालिकाको भात्खेत बस्ने राम प्रसाद जैशीका ११ बर्षका छोरा बिराज जैशी र गोपाल जैशीका ६ बर्षका छोरा अभिषेक जैशी कर्णाली नदिमा नुहाउने क्रममा वेपत्ता भएका थिए । बेपत्ता भएका बालक मध्ये गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेक जैशीको शव फेला परेको प्रहरीले बताएको छ। अहिले प्रहरी र स्थानियहरुले वेपत्ता वालकको खोजी गरिरहेको जिल्ला प्रहरि कार्यालय अछामले जानकारी दिएको छ ।