KhabarUjyalo

दाङमा प्रहरी र म्यादी प्रहरी बिच झडप

६ बैशाख २०७९, मंगलवार
दाङमा प्रहरी र म्यादी प्रहरी बिच झडप

दाङ : दाङमा प्रहरी र म्यादी प्रहरी बिच झडप भएको छ । झड्पमा चार जना म्यादी प्रहरी घाइते भएका छन् ।

सोमबार तालीम केन्द्रमा तालीम गर्ने क्रममा एक जना म्यादी प्रहरीकाे माेबाइल हराएको थियो । मोबाइल हराएको बिषयमा प्रहरीलाई जानकारी गराउदा प्रहरीले चोरी नभएको बताएको थियो । मोबाइल हराएकै बिषयलाई लिएर प्रहरीबिच तनाव सिर्जना भएको थियो ।

प्रहरीले आवश्यक भन्दा बढी शारीरिक व्यायाम गराएको भन्दै बिरोध गरेपछि प्रहरीले लठ्ठी प्रहार गरेको म्यादी प्रहरीले आरोप लगाएका छन् ।

घाईते ४ म्यादी प्रहरीको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भएको जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo