KhabarUjyalo

डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा माओबादी केन्द्रबाट डायमण्ड !

५ बैशाख २०७९, सोमबार
डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा माओबादी केन्द्रबाट डायमण्ड !

डडेल्धुरा :डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओबादी केन्द्रले मेयर र उपमेयर पदका लागि सर्बसम्मत उम्मेदवार टुङ्गो लगाएको छ । नगर कमिटीको पुर्ण बैठकले मेयर पदमा शेरसिंह माल (डायमण्ड) र उपमेयरमा बिमला महता सर्बसम्मती रुपमा चयन गरेको हो ।

यस्तै नगरभित्रका १२ ओटै वडामा समेत केही दिनमै उमेद्वार टुङ्गो लगाई सक्ने माओवादी केन्द्रले जनाएको छ । गठबन्धन नहुने देखीएपछि माओवादी केन्द्रले एक्लै एक्लै उम्मेदवार घोषणा गर्ने थालेको छ ।

२०७४ सालको निर्वाचनमा पर्शुरामको मेयरमा काङ्ग्रेसबाट भिम बहादुर साउदले जितेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo