डडेल्धुरा : गन्यापधुरा गाउँपालिकाको प्रमुख पदका लागि काङ्ग्रेसबाट सर्वसम्मत उम्मेदवार छनोट गर्न सकस भईरहेका बेला प्रमुख पदका आकांक्षी सुरेन्द्र माली भने घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
जिल्लामा देखिएको काङ्ग्रेसभित्रको दुई समुहको राजनीतिले स्थानीय तहको निर्वाचनलाई धेरैले चासोको रुपमा हेरिरहेका छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्लको समूहले काङ्ग्रेसको १४ औं महाधिवेशनमा जिल्लामा एकलौटी रुपमा क्रियाशिल सदस्य बितरण गरेको भन्दै बहिष्कारको पक्षमा रहेका थिए । डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले स्थानीय निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको छ। असन्तुष्ट समुहलाई सहमतिमा नल्याएमा गन्यापधुरा गाउँपालिकामा सुरेन्द्र मालीको नेतृत्वमा बागी उम्मेदवारी दिने तयारी रहेका छन् ।
२०७४ सालको गाउँपालिका प्रमुख पदमा आकांक्षी रहेका माली पछि उक्त पदमा आफ्नो दावी छोडेका थिए । अहिले दुई समुहको राजनीतिक तिक्तताबिचले कर्ण मल्लको समुहबाट गाउँपालिकाको नेतृत्व सम्हालिरहेका छन् । जिल्ला तहका नेताबिच दुई समुहको सहमति नभएपछि दुईटै समुहका नेता गाउँपालिकाको प्रमुख पदका लागि आकांक्षा राख्दै आ-आफ्नो पक्षमा टिकटका लागि लविङ्ग गरिरहेका छन् ।
केही नेताहरु उम्मेदवार बन्न राजधानी केन्द्रित रहेका छन् । भने माली घरदैलोमा व्यस्तता दिएका छन् । मालीले प्रत्यक्ष घरदैलो गर्दै गन्यापधुराका सम्पुर्ण वडामा पुगेर गाउँपालिकाको प्रमुख पदमा आकांक्षा रहेको र यस पटक आफुलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । ‘पार्टीले दुई समुहलाई मिलाएर सक्षम, पार्टीमा त्याग गरेको र योग्य ब्यक्तिलाई टिकट दिनु पर्छ, पार्टीले टिकट वितरणमा अन्याय गरेमा जनतामा माझ गएर चुनाव लड्छु, जनताको जनमतलाई स्विकारेर अघि बढ्छु ।’ उनले भने घरदैलो अभियानमा आफुलाई सहयोग गर्ने सकारात्मक प्रतिक्रिया आएको नेता मालीले बताए ।
माली निवर्तमान जिल्ला सदस्य तथा भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष हुन्। बि.स. २०५१ गणेश माबी बडालको इकाई अध्यक्षबाट राजनीति सुरु गरेका माली पालिका र जिल्लाको राजनीतिमा सक्रिय हुँदै आएका छन् । २०५१ को गणेश माबी इकाई अध्यक्ष, २०५४ मा सिताराम स्कुल डोटीको इकाई सचीव,२०५७ मा सानोठिमी क्याम्पसको इकाई अध्यक्ष, २०६२ मा नेविसंघ डडेल्धुराको कार्यवाहक अध्यक्ष,२०६४ मा तरुण दल डडेल्धुराको उपाध्यक्ष हुदै काङ्ग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्य भएर नेतृत्वभुमी राजनीति गरिसकेका छन् ।
यस्तै माली गन्यापधुरा गाउँपालिका २ बडालमा रहेको गणेश माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष पनि हुन् ।