KhabarUjyalo

गन्यापधुरामा सिड्स नेपालको कृषि लक्षित हरित उत्थनशीलता तथा कोभिड प्रतिकार्य कार्यक्रम लागू

५ बैशाख २०७९, सोमबार
गन्यापधुरामा सिड्स नेपालको कृषि लक्षित हरित उत्थनशीलता तथा कोभिड प्रतिकार्य कार्यक्रम लागू

डडेल्धुरा : गन्यापधुरामा विपन्न परिवारलाई लक्षित गरि सिड्स नेपालले हरित उत्थनशीलता तथा कोभिड प्रतिकार्य कार्यक्रमम लागू गरेको छ । ‘कसैलाई पनि पछि नछुटाऔ’ भन्ने नारासहित UNDP र गन्यापधुरा गाउँपालिकाको साझेदारीमा गन्यापधुरामा एक बर्षे नमुना परियोजना कार्यक्रम लागू गरेको हो ।

UNDP र गन्यापधुरा गाउँपालिकाको साझेदारीमा सिड्स नेपालको कार्यन्वयनमा गाउँपालिकामा बिपन्न परिवारलाई आत्म निर्भरता बनाउने उदेश्यले ३ सय २० परिवारले प्रत्यक्ष लाभान्वित हुने सिड्स नेपाल डडेल्धुराकी अध्यक्ष शारदा रावलले जानकारी दिईन ।

जसअन्तर्गत २ सय ४० परिवारमा कृषि र वनमा अाधारित राेजगारि सृजना, ४५ परिवार बजारीकरणसंग सम्बन्धित राेजगारि र ३५ परिवारमा जलवायु अनुकुलनसंग सम्बिन्धत नयाँ प्राविधि मैत्री ब्यवसायलाई प्राथमिकता दिईने अध्यक्ष रावलले बताईन ।

विपन्न परिवारलाई लक्षित गरी जिविकोपार्जन सहजसङ्गै उनीहरुको आम्दानी वृद्धि गरिने कार्यक्रमको उदेश्य रहेको छ । कार्यक्रम ४० परिवार भैंसी पालन, ७०/७० परिवार नगदेबाली आलु र अदुवाखेती, ४५ बजारकरिण (कृषि सामग्री उत्पादन,बेकरी उद्योग निर्माण , पशु आहार उत्पादन, चुक (अमिलो) प्रसोधन, संकलन गर्ने काम) र जलवायु अनुकूलन, सिचाइ पोखरी, रिचार्ड पोखरी, सिचाई कुलो , सुधारीएको घट्ट निर्माण गरि ३५ परिवारलाई लाभान्वित गराईने कार्यक्रम रहेको कार्यक्रम संयोजक देविलाल उपाध्यायले जानकारी दिए ।

यसअघि आलिताल गाउँपालिकामा सिड्स नेपालको कार्यान्वयनमा UNDP र आलिताल गाउँपालिकाको साझेदारीमा (२०१९-२०२२) ३ बर्षे सो कार्यक्रमबाट १ हजार २० परिवार लाभान्वित भईसकेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo