KhabarUjyalo

कान्तिपुर टेलिभिजनको कार्यालय परिसर अगाडि पत्रकारहरूको धर्ना

५ बैशाख २०७९, सोमबार
कान्तिपुर टेलिभिजनको कार्यालय परिसर अगाडि पत्रकारहरूको धर्ना

काठमाडौँ — कान्तिपुर टेलिभिजनको कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन् । श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या बढ्दै जान थालेपछि नेपाल पत्रकार महासंघले विरोध कार्यक्रम घोषणा गरेको थियो । त्यसअनुसार सोमबार पत्रकारहरूले कान्तिपुर टेलिभिजन परिसर अगाडि धर्ना दिएका हुन् ।

उनीहरूले पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागु, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् । विभिन्न बहानामा निष्कासित गरिएका पत्रकारहरूलाई पनि पुनर्वहाली गर्न माग गरेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo