KhabarUjyalo

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

५ बैशाख २०७९, सोमबार
बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढी । बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका–८ जसपाला बस्ने २४ वर्षीय राजन बोहराको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।

सोही ठाउँस्थित सानीगाड लघु जलविद्युत आयोजनाबाट उत्पादित भई संचालनमा आएको विद्युत लाईन बिग्रिन गई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo