KhabarUjyalo

अत्तरिया चोकमा पुनः ठडियो राजा महेन्द्रको सालिक !

५ बैशाख २०७९, सोमबार
अत्तरिया चोकमा पुनः ठडियो राजा महेन्द्रको सालिक !

धनगढी : सुदूरपश्चिमको मुख्य चोक रहेको कैलालीको अत्तरिया चोकमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनः राखिएको छ ।

२०६२/६३ को जनआन्दोलनका क्रममा भत्काएको राजा महेन्द्रको सालीक सोमबार पुन: राखिएको हो ।

शालिक पुनः निर्माण समितीको पहलमा स्थानियको स्वच्छिक सहयोगमा राजा महेन्द्रको ६ फिट अग्लो सालीक अत्तरिया चोकमा राखिएको समितीका अध्यक्ष हरी दत्त भट्टराईले बताए । इतिहासलाई जोगाउनुपर्ने भन्दै सालिक राखिएको बताएका छन्।

२०६२/०६३ मा आन्दोलनले राजा महेन्द्रको सालिक फालिदिएका थिए। आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै सालिक तोडफोड गरेर सालिक भत्काइ दिएका थिए।

सोमबार बिहान सालीक सहित अत्तरिया बजार परिक्रमा गरेर चोकमा सालिक राखिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo