KhabarUjyalo

नवनियुक्त मन्त्री गोविन्दराज बोहरालाई गृहजिल्ला डडेल्धुरामा भव्य स्वागत

४ बैशाख २०७९, आईतवार
नवनियुक्त मन्त्री गोविन्दराज बोहरालाई गृहजिल्ला डडेल्धुरामा भव्य स्वागत

डडेल्धुरा- सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई गृहजिल्ला डडेल्धुरामा भव्य स्वागत गरेका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेका बोहरालाई नेपाली कांग्रेस डडेल्धुराका नेता कार्यकर्ताहरुले स्वागत गरेका हुन ।

डडेल्धुरा प्रदेश (ख) बाट प्रदेश समानुपातिक सांसद बनेका बोहरा गत साता सुदूरपश्चिम प्रदेश सरकारमा काङ्ग्रेस सहभागी भएसङ्गै सामाजिक विकास मन्त्री बनेका थिए ।आइतबार मन्त्री बोहरालाई जिल्ला सदरमुकामको बसपार्कदेखि निर्माण व्यवसायी संघको सभा हलसम्म बाजागाजासहित स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा मन्त्री बोहराले मन्त्रीको कार्यकालमा प्रदेशमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०१८ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी घटाल (चम्साल) जन्मेका बोहरा पहिलोपटक मन्त्री बनेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo