KhabarUjyalo

स्याङ्जाको वालिङमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु

४ बैशाख २०७९, आईतवार
स्याङ्जाको वालिङमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका १२ स्थित फिरफरे डाडाँखर्कमा जिप दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ।  

ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना हुदाँ एक बालकसहित पाँच जनाको मृत्यु भएको स्याङजाका एसपी राजीव बस्नेतले जानकारी दिए। डाँडाखर्कबाट वालिङतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत भईसकेको छैन्।  

जीपमा ११ जना सवाररत रहेको स्याङजा प्रहरी कार्यालयले जनाएको छ। ६ जना घाईतेलाई पोखरास्थित गण्डकी मेडिकल कलेज उपचारको लागि ल्याइएको छ। जीप सडकबाट करिब दुइ सय मिटर तल खसेको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo