KhabarUjyalo

जिप दुर्घटनामा बझाङका कांग्रेस सभापति खडकका २७ बर्षिय छोरा असिमको ज्यान गयो

४ बैशाख २०७९, आईतवार
जिप दुर्घटनामा बझाङका कांग्रेस सभापति खडकका २७ बर्षिय छोरा असिमको ज्यान गयो

बझाङ : बझाङमा जिप दुर्घटना एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छ । नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना हुँदा सभापति खडकका जेष्ठ छोरा २७ बर्षिय बिनोद बोहरा(असिम)को घटनास्थलमै ज्यान गएको हो।

बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको थियो ।

दुर्घनामा गम्भीर घाइते सभापति खडककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरेको छ । घाइते सभापति खडक, उनका कान्छा छोरा पारस तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo