KhabarUjyalo

धनगढीको मेयरमा माओवादी केन्द्रबाट शान्ति अधिकारी

३ बैशाख २०७९, शनिबार
धनगढीको मेयरमा माओवादी केन्द्रबाट शान्ति अधिकारी

धनगढीः नेकपा माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई सिफारिस गरेको छ।

नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

गत स्थानीय तह निर्वाचनमा अधिकारीलाई माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवार बनेकी थिइन्। त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको छ। उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo