KhabarUjyalo

सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय !

३ बैशाख २०७९, शनिबार
सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय !

धनगढी/सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत गणेशराज जोशीका अनुसार पाण्डेय १०औं महाधिवेशन र १४ औं साधारणा सभाबाट अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

उपाध्यक्षमा तीन जना चयन भएका छन । वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण कडायत, उपाध्यक्षमा रुपा स्वार र टोपेन्द्र शाह चयन भएका हुन ।

महासचिवमा गणेश नेपाली, सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा दुर्गा मल्ल, सहकोषाध्यक्षमा यशोदा भण्डारी निर्विरोध चयन भएका छन ।सदस्यहरूमा नवराज ओझा, दलबहादुर बोगटी, भुलिया राना, हेमन्ता शर्मा, दुर्गा जोशी, सानु चौधरी, प्रेमबहादुर चन्द निर्वाचित भएका छन । यस्तै, एक सदस्य मनोनित गर्न बाँकी रहेको जोशीले बताएका छन ।

निवर्तमान अध्यक्ष रामलाल जोशीले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका छन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo