धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरमा काङ्ग्रेसको तर्फबाट महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महराले उम्मेदवारी दाबी गरेका छन् ।
उनले एजेन्डासजित नेपाली कांग्रेस तर्फबाट धनगढी उपमहानगर समितिलाई पत्र लेख्दै आफ्नो नाम सिफारिस गरिदिन आग्रह गरेका छन् । महराले पत्रमा लेखेका छन् ।
२०३६ साल नेविसंघको सदस्यता लिएर राजनीति सुरु गरि विभिन्न राजनीति आन्दोलनमा सक्रिय रहेको जनाएका छन् । गरेको २०४९ र ५४ को स्थानीय निर्बाचनमा वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
गत स्थानीय निर्वाचनमा काङ्ग्रेसका निर्प ओड धनगढी को मेयरमा निर्वाचित भएका थिए । यो पटक अहिलेसम्म काङ्ग्रेसले आफ्नो तर्फबाट मेयरको उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।