धनगढी, २ बैशाख । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय महानगरीय अपराध महाशाखाको समेतबाट खटिएको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार हत्या घटना अनुसन्धानकालागि सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरालाई भारतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
हत्यारा हौं पक्राउ गरेर देखा भन्दै भण्डारीले भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए। । कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियो