KhabarUjyalo

नेपाली कांग्रेसको चुनावी गीत “छ्याप्पै रुखमा छाप लाउनी” सार्वजनिक (भिडियो सहित)

२ बैशाख २०७९, शुक्रबार
नेपाली कांग्रेसको चुनावी गीत “छ्याप्पै रुखमा छाप लाउनी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, । नेपाली कांग्रेसको चुनावी गीत “ छ्याप्पै रुखमा छाप लाउनी ” सार्वजनिक गरिएको छ ।

‘छ्याप्पै रुखमा छाप लाउनी’ गीत नवराज पन्तको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

स्थानीय निर्वाचन नजिकिए सँगै नेपालकै सबैभन्दा पुरानो र गर्विलो इतिहास बोकेको एकमात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको उक्त गित आज सार्वजनिक गरिएको हो ।

गितमा नेपाली कांग्रेस निकट अहिलेका सर्बाधिक सफल कलाकार बिमलराज क्षेत्री र प्रीती आले आवाज भरेका छन ।यस्तै सर्बोकृष्ट सर्जक नवराज पन्तको शब्द, लोकप्रिय संगीतकार तथा गायक खेम पुनले संगीत भरेको गीतमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको छ । एरेन्जमा कृष्ण केसि तथा रेकर्डिङ बिमल छिनाल,मिक्सिङमा  एचबिएन किस्मत रहेको गित १डिबि एचडीमा रेकर्ड भएको हो ।

गितमा बिमल राज क्षेत्री, बिमल अधिकारि,सारिका केसि,दिपेन्द्र तिमिल्सिना , रोजि कार्की,लक्ष्मी प्रजापती,प्रकाश आचार्य , सृजना किराँती लगायतले अभिनय गरेका छन । गितको भिडियोमा कांग्रेसको चारतारा झण्डा र रुख चिन्ह मा कसरी छाप लगाएर कांग्रेस लाई बिजयी गराउने भन्दै मार्गदर्शन गरिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo