KhabarUjyalo

कञ्चनपुरमा दार्चुला घर भएका प्रहरी सहायक हवल्दार बिष्टको मृत्यु

२ बैशाख २०७९, शुक्रबार
कञ्चनपुरमा दार्चुला घर भएका प्रहरी सहायक हवल्दार बिष्टको मृत्यु

धनगढी : कञ्चनपुरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको हो।

दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ घर भएका ४० वर्षीय प्रहरी सहायक हवल्दार विष्ट बिहीबार ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस पछि उपचारका लागि महाकाली अस्पतालमै मृत्यु भएको कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo