KhabarUjyalo

कैलालीमा आफ्नै शरीरमा डिजल छर्की आगो लगाई एक युवकको मृत्यु

२ बैशाख २०७९, शुक्रबार
कैलालीमा आफ्नै शरीरमा डिजल छर्की आगो लगाई एक युवकको मृत्यु

धनगढी : कैलालीमा आफ्नै शरीरमा डिजल छर्की आगो लगाएर एक युवकको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगो लगाई घाइते भएका युवकलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo