KhabarUjyalo

राष्ट्रपति भण्डारीद्वारा बाल अभियन्ता प्रेन्सा रेग्मीलाई जनसेवाश्री विभुषण प्रदान

१ बैशाख २०७९, बिहीबार
राष्ट्रपति भण्डारीद्वारा बाल अभियन्ता प्रेन्सा रेग्मीलाई जनसेवाश्री विभुषण प्रदान

काठमाडौ : बाल अभियन्ता प्रेन्सा रेग्मीलाई जनसेवाश्री पदक विभुषण प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाल अभियन्ता प्रेन्सा रेग्मीलाई जनसेवाश्री पदक विभुषण प्रदान गरेकी हुन् ।

संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन् ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित नेपाल रत्न मानपदवी, जनसेवाश्रीबाट विभूषण प्रदान गरिएको हो ।

बालअभियन्ता प्रेन्सा रेग्मी सानै देखि सामाजिक कार्यमा सक्रिय रहेकी छन् भने कोरोना महामारी अग्रपंक्तिमा रहेर काम गरेकी थिईन ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाणलगायत मन्त्री र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo