KhabarUjyalo

धनगढीमा विद्यार्थीलाई मेमोरी एण्ड माइन्ड पावर सम्बन्धि एक दिने प्रशिक्षण

३० चैत्र २०७८, बुधबार
धनगढीमा विद्यार्थीलाई मेमोरी एण्ड माइन्ड पावर सम्बन्धि एक दिने प्रशिक्षण

धनगढी : धनगढीमा मेमोरी एन्ड माइन्ड पावरसम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । त्रिनयन नेपालको आयोजनामा डा. नवल पजियारले मेमोरी एन्ड माइन्ड पावरसम्बन्धि एक दिने तालीम सम्पन्न भए “स्कोर हाई मास्क इन एक्जाम” भन्ने बिषयमा एक दिने नि:शुल्क कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डा. नवल पजियारले मेमोरी एन्ड माइन्ड पावर कसरी बढाउने भनेर प्रशिक्षण दिएका थिए । कार्यक्रम स्वागत मन्तव्य त्रिनयनका सदस्य सुरज खड्का र शुभकामना मन्तव्यमा समाजसेवी युवा ब्यवसायि धर्मराज जोशि र एडुपलकि प्रतिनिधि सुनिता बोहराले दिएकि थिइन् ।
कार्यक्रममा अत्तरिया,धनगढिका विभिन्न स्कुलका ५ सय जना विद्यार्थीसहभागी भएका थिए । उक्त कार्यक्रममा मुख्य प्रायोजक एडुपल नेपाल, प्रायोजकमा मालिकार्जुन हार्डवयर , अफिसियल पार्नरमा जुम प्रोड्कशन र सहयोगीमा नोभा अस्पताल र नवजीवन सहकारि रहेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo