धनगढी – कैलालीको गोदावरी नगरपालिकामा अनियमितता भएको आरोपमा नगरपालिकाका प्रशासकिय अधिकृत खेमराज विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गोदावरी नगरपालिकाको प्रशासकिय अधिकृत विष्ट, तत्कालिन प्रशासकिय अधिकृत देवराज जोशी, इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेकाे हाे । गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको अनुसन्धानबाट खुलेकाे अख्तियारले जनाएकाे छ ।
अख्तियारले उनीहरुविरुद्ध ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी गरेकाे छ ।