धनगढी : कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई पुरुस्कृत गरेको छ । बुधबार सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले प्रहरी उपरीक्षक विश्व अधिकारी पुरुस्कृत गरेको हो ।
प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले बिभागिय अडर आदेशको पालना गर्नुका साथै दिईएको जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट आफ्नो बुद्धी बिबेकले भ्याए सम्म कर्तब्यनिष्ठ भई उल्लेखनिय भुमिका निर्बाह गरेको भन्दै सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।
कैलाली प्रहरी प्रमुख हुँदा लगनशिलता, अनुशासन, ईमान्दारी एबं उत्कृष्ट कार्यको कदर स्वरुप पुरस्कृत कार्यको कदर स्वरुप नगद १४ सय सहित पुरस्कृत गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय जनाएको छ ।
एसपी अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा भएको छ ।