KhabarUjyalo

कैलालीका एसपी विश्व अधिकारीको काज सरुवा

३० चैत्र २०७८, बुधबार
कैलालीका एसपी विश्व अधिकारीको काज सरुवा

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो।

कैलाली प्रहरी प्रमुखको नेतृत्व समालिरहदा एसपी अधिकारीले प्रहरी संगठनभित्र, प्रहरी र जनताबिच समन्वयता राख्न सफल रहेका थिए ।

अब कैलाली प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo