धनगढी, २९ चैत । नेपाली काँग्रेस धनगढी नगर कमिटीको कोषाध्यक्षमा युवा उद्यमी मञ्च धनगढीका अध्यक्ष इन्जिनियर रोशन भट्ट मनोनीत भएका छन् ।
नेपाली काँग्रेस धनगढी नगर कमिटीले भट्टलाई कोषाध्यक्षमा नियुक्त गरेको हो ।लोकतान्त्रिक ईञ्जिनियर्स एशोसिसयनमा आबद्ध भट्ट राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र आरवी कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् ।
उनी नेपाल निर्माण व्यवसायी महासङ्घ सुदूर पश्चिम प्रादेशिक समिति र कैलाली निर्माण व्यवसायी सङ्घका प्राविधिक सल्लाहकार हुन् ।
भट्ट धनगढी जेसिजको कानुनी सल्लाहकार समेत हुन् ।इन्जिनियर भट्टले पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने बताए ।