KhabarUjyalo

जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरीद्वारा राजीनामा

२९ चैत्र २०७८, मंगलवार
जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरीद्वारा राजीनामा

काठमाडौं,२९ चैत । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गरेका छन् ।

जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले मंगलबार फेसबुकमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘आजबाट जसपा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।

चौधरी पहिलो संविधानसभा सदस्य निर्वाचनमा कैलालीबाट प्रत्यक्षतर्फको निर्वाचनमा निर्वाचित भएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo