पोखारा : बाल अभियन्ता प्रेन्सा रेग्मीलाई २०७९ को मुना दूत घोषणा गरेको छ ।
सोमबार गोरखापत्र संस्थानको सह प्रकाशन मुना मार्सिक ३२ औं बार्षिकउत्सब कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द नेपाली पोखरेलले बाल अभियन्ता रेग्मीलाई २०७९ को मुना दूत घोषणा गरिएको हो ।
कोभिड १९ महामारीको समयमा जोखिम मोल्दै विभिन्न स्थानमा मास्क, खाद्यान्न तथा लत्ताकपडा बितरणलगायत सामाजिक कार्य गरेर कोरोना सम्बन्धि जनचेतना फैलाउन अग्रपंक्ति रहेर अहम् भुमिका खेलेको भन्दै गोरखापत्र संस्थानले २०७९ सालको मुना दूत घोषणा गरेको गोरखापत्र संस्थानले जनाएको छ ।