KhabarUjyalo

गन्यापधुरा २ कोरगाउँमा पुग्यो लेकको खानेपानी !

२८ चैत्र २०७८, सोमबार
गन्यापधुरा २ कोरगाउँमा पुग्यो लेकको खानेपानी !

डडेल्धुरा :गन्यापधुरा गाउँपालिका–२ कोरगाउँ खानेपानी पुगेको छ । सोमबार गाउँपालिका प्रमुख नवल मल्लले उक्त खानेपानीको उद्घाटन तथा टंकी शिलान्यास गरेका हुन् ।

तत्कालीन खानेपानीका डाइरेक्टर जनरल तेजराज भट्टको परिकल्पनामा थालिएको उक्त योजना गन्यापधुरा गाउँपालिकाको पहलमा संघीय सरकारले बिशेष योजना अन्तरगत ८४ लाख रकम विनियोजन गरिएको थियो । जस अन्तर्गत पुष्प कन्स्ट्रक्सनले ७९ लाख १० हजारमा ठेक्का पाएको थियो । पारिवन खानेपानी तथा सरसफाइ योजना अन्तर्गत गन्यापधुरा १ भेटा लेक डोडराबाट ४५ सय मिटर दुरीबाट खानेपानीको पाइप लाइन पुर्‍याएको हो । उक्त खानेपानी योजनाबाट ९४ परिवार लाभान्वित हुने भएका छन् । घरघरमा खानेपानी पुग्ने भएपछि स्थानीयवासी निकै खुसी भएका छन् । गर्मीको मौसममा खानेपानी हाहाकार हुने समस्याबाट मुक्त हुने गाउलेले बताएका छन् ।

असार २० गतेसम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौता गरिएको छ । झण्डै ८० प्रतिशत काम सम्पन्न भैसकेको गाउँपालिकाले जनाएको छ । ४ वटा खानेपानी टंकीअन्तर्गत १६ घनमिटर, ८ घनमिटर, ४ घनमिटरका टंकी र घरघरमा पाइप लाइन बिछ्याउने काम सम्पन्न भैसकेको छ भने १६ घनमिटर टंकीको काम र धारा निर्माणको काम सुरु थालिएको निर्माण कम्पनीले जनाएको छ । जेठ १५ सम्म घरघरमा खानेपानी पुगाई सक्ने निर्माण कम्पनीले जनाएको छ ।

खानेपानी उद्घाटन तथा शिलान्यास कार्यक्रमको अध्यक्षता पारिवन खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष गणेश बहादुर मल्ल रहेका थिए । प्रमुख अतिथी गाउँपालिका प्रमुख नवल मल्ल रहेका थिए । पण्डित द्वय मोती राम पनेरु र लक्ष्मी राज भण्डारी सहभागीमा शिलान्यास गरिएको थियो । अतिथिमा जिल्ला समन्वय समिति सदस्य हेमराज अवस्थी, गाउँपालिका प्रशासकीय प्रमुख दिलिप तामाङ रहेका थिए । यस्तो राजनीति दलका प्रतिनिधि, गाउँलेबासी सहभागी रहेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo