KhabarUjyalo

आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

२८ चैत्र २०७८, सोमबार
आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । लखनउका क्विन्टन डी ककले ३९, मार्कुस स्टोनिसले ३८, दिपक होडाले २५, क्रुनाल पाण्डयले २२ रन बनाउँदा दुश्मन्था चामिराले १३ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

राजस्थानका लागि शिम्रन हिटमायर ५९, देबदूत पडिकलले ३९ रन जोड्दा रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका जासन होल्डर र कृष्नपा गोथामले दुईदुई विकेट लिए ।

यो जितसँगै राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ । लखनउको ५ खेलमा ६ अंक नै छ । लखनउ पाँचौ स्थानमा छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo