KhabarUjyalo

भावुक हुँदै दुर्गेशले भने: मेरो छोराको कसम ! पल जेल जाँदा मेरो आँशु झरेको छ

२७ चैत्र २०७८, आईतवार
भावुक हुँदै दुर्गेशले भने: मेरो छोराको कसम ! पल जेल जाँदा मेरो आँशु झरेको छ

‘गायक तथा कलाकार दुर्गेश थापाले अभिनेता पल शाहलाई फसाउन आफूले षड्यन्त्र गरेको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन्। ‘अहिले पनि ऊसँग कुरा हुन्छ, उसले मलाई सम्झाउँछ, मैले उसलाई सम्झाउँछु। म उसलाई के नै भन्न सक्छु र– नआत्तेऊ, सब कुरा ठीक हुन्छ, ढिलोचाँडो हो’, दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘उसले पनि मलाई सम्झाउँछ, बीचमा मिस-अन्डरस्ट्यान्डिङ भएर सबै यस्तो भयो। ल तिमी पनि नआत्तेऊ, सबै ठीक हुन्छ भन्ने कुरा हुन्छ।’

उनले पलसँग मात्र होइन, उनको परिवारसँग समेत आफ्नो कुरा भइरहेको दाबी गरेका छन्। 

‘पलसँग मात्र होइन फ्याम्लीसँग पनि कुरा हुन्छ। उहाँको एउटा छोरा हो, उहाँलाई सम्झाउँछु’, उनले भनेका छन्। 

पललाई फसाएर वा मारेर आफूले के पाउने हाे र भन्दै दुर्गेशले बरु पल जेल जाँदा आफू रोएको दाबी गरेका छन्। 

निकै भावुक मुद्रामा प्रस्तुत भएका दुर्गेशले अन्तर्वार्तामा भनेका छन्, ‘होइन पललाई मारेर, फसाएर मलाई मिल्छ के? भगवान् कसम! मेरो छोराको कसम! पल जेल जाँदा, पललाई हत्कडी लाउँदा मेरो आँशु झरेको छ। म यति माया गर्ने मान्छे हो पललाई।’

उनले अहिले पनि आफ्नाबारे छानबिन गर्न चुनौती दिँदै षड्यन्त्र प्रमाणित भए अहिले पनि जेल जान तयार रहेको बताएका छन्। 

‘मेरो दोष भएको भए अहिले पनि लैजानुस्। म जान तयार छु। छानबिन गरियोस्, म षड्यन्त्रकारी हो भने मलाई लैजानुस्। म रेडी छु’, उनले भनेका छन्, ‘एउटा साथीलाई मैले मार्नै लागेको रहेछ, षड्यन्त्र गरेको रहेछ भने मेरो फोनदेखि कल डिटेल सबै चेक गर्नुस्, म अझै जान तयार छु।’  

हाल पल शाह पुर्पक्षका लागि तनहुँ जिल्ला कारागरमा छन्। मुद्दा अदालतमा विचाराधीन छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo