KhabarUjyalo

प्रेस काउन्सिलले बोलायो पत्रकार ऋषि धमलालाई

२७ चैत्र २०७८, आईतवार
प्रेस काउन्सिलले बोलायो पत्रकार ऋषि धमलालाई

काठमाडौं ।  प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरणका लागि बोलाएको छ । प्रेस काउन्सिल नेपालको आज बसेको समिति बैठकले धमलालाई थप छलफलका लागि काउन्सिलमै बोलाउने निर्णय गरेको हो।

धमलाले यसअघि बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएपछि उनलाई बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले खबरहबलाई बताए। उनका अनुसार सोमबार १२ बजे बयानका लागि बोलाइएको हो ।

धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन् । चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा काठमाडौँ उत्रिएपछि जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo