KhabarUjyalo

धनगढी हाफ म्याराथुन २०२२ को उपाधी एपीएफका गोपी चन्द्र पार्की !

२६ चैत्र २०७८, शनिबार
धनगढी हाफ म्याराथुन २०२२ को उपाधी एपीएफका गोपी चन्द्र पार्की !

धनगढी : अब धनगढी दौडिन्छ’ मुख्यमत्री जेसिज एभरेस्ट धनगढी हाफ म्याराथुन २०२२ को आठौ संस्करणमा  एपीएफ नेपालका डोटी घर भएका गोपी चन्द्र पार्की र दोस्रो स्थान नेपाल आर्मी बाट मोहन देब जोशीले हासिल गरेका छन्।  खुल्ला तर्फबाट २१.१ किलोमीटर को दुरी १ घन्टा  ७ मिनेटको समयमा पार गरि पहिलो स्थान हासिल गर्न एपीएफ नेपालका डोटी घर भएका गोपी चन्द्र पार्की सफल भएका छन् । त्यसैगरि दोस्रो स्थान नेपाल आर्मी बाट मोहन देब जोशीले हासिल गरेका छन् ।

उनले ,१ घन्टा १२ मिनेट ५२ सेकेन्ड मा २१.१ किलोमीटर को दुरी पार गरेका हुन् । दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउने छन् ।यसैगरी कर्पोरेट र सञ्चारतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजले जानकारी दिएको छ  । 

यसैगरी कर्पोरेट र सञ्चार, महिला, विद्यार्थी हरुलाई पनि पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्  । र ट्राई साइकल रेसमा सहभागी हुने सबैलाई पुरस्कारको समेत ब्यवस्था गरीएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo