KhabarUjyalo

जागृती फाउन्डेसन र नोभा हस्पिटलको सहकार्यमा धनगढीका चोक-चोकमा राखियो डस्टविन !

२४ चैत्र २०७८, बिहीबार
जागृती फाउन्डेसन र नोभा हस्पिटलको सहकार्यमा धनगढीका चोक-चोकमा राखियो डस्टविन !

धनगढी : विश्व स्वास्थ्य दिवसको अवसरमा जागृती फाउन्डेसन र नोभा हस्पिटलले सरसफाइ कार्यक्रम गरेको छ ।

स्वच्छ बाताबरण, स्वस्थ नेपाली भन्ने नारा सहित धनगढी उपमहानगरपालिकाका सरसफाइ जनचेतना कार्यक्रम सहित चोक-चोकमा डस्टविन राखेको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा जाकृती फाउन्डेसन र नोभा हस्पिटलले सरसफाइ सहित धनगढी उपमहानगरपालिकाको क्षेत्र, सेती प्रादेशिक अस्पताल हुँदै ट्राफिक चोकसम्म चोक चोकमा फोहोर ब्यवस्थापनका लागि डस्टविन राखिएको जागृती फाउन्डेसनकी अध्यक्ष सुमन पनेरुले जानकारी दिईन।

नागरिक आफै सचेत भई स्वच्छ बाताबरण राखी स्वस्थ जीवन राखौं भन्ने उदेश्यका साथ फोहोर ब्यवस्थापन सम्बन्धि सचेतना गरिएको जागृती फाउन्डेसनकी अध्यक्ष पनेरुले जानकारी दिईन। आफ्नो क्षेत्रमा आफै फोहोर ब्यवस्थापन गर्न सके सुन्दर वातावरणसङ्गै विभिन्न बिश्वब्यापी रोगबाट बच्न सकिने उनले बताइन् ।

सरसफाइ सचेतना कार्यक्रममा धनगढी उपमहानगरपालिका स्वास्थ्य प्रमुख कृष्ण बोहरा, चटकपुर गौशाला, त्रिन्यन क्लब, आर्ट अफ लिभिङका प्रतिनिधि, जागृती फाउन्डेसनका प्रतिनिधि, सेती प्रादेशिक अस्पतालका डाक्टर, माया मेट्रो हस्पिटलका डाक्टर ,नोभा हस्पिटलका डाक्टर र अन्यस्वास्थ्यकर्मी सहभागी भएका थिए ।

हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्ल्युएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo