धनगढी ।” मेरो मत, मेरो अधिकार” मुल नारा सहित संचालन भएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।बुधबार कैलाली बहुमुखी क्याम्पसको सभाहलमा प्रदेश निर्वाचन आयोग धनगढी, कैलालीका प्रमुख आयुक्त प्रेम राज भट्टको प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो |
कैलाली बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख धर्मराज उपाध्याय को विशेषत आतिथ्य र त्रिनयन संस्था, कैलाली का अध्यक्ष जय धामीको उपस्थितिमा कैलाली बहुमुखी क्याम्पस का 90 जना उर्जाशील विद्यार्थीलाइ “निर्वाचन र युवाहरुको सम्बन्ध ” शिर्षकमा एक दिने अभिमुखीकरण तालिम दिइएको छ। निर्बाचन नजिकिएसँगै हरेक जनताले निर्बाचन शिक्षा सम्बन्धि सचेत गराइ असल नेतृत्व चयन गर्न उद्देश्य सहित यो अभियान सुरु गरिएको हो ।
अभियानका अभियन्ता तथा संयोजक सुरज खड्काले यो अभियान कुनै राजनीतिक पाटि केन्द्रित नभइ जनतालाई सचेत गर्न तथा असल नेतृत्व चयन गर्नमा सहयोग पुराउने उद्देश्यले अभियान सुरु गरेको कुरा उहाँले जानकारी दिए । उनले भने “भोट कस्लाई दिने अधिकार जनतामा निहित रहेको हुँदा यसपटक निर्वाचनमा जनताहरुले आफ्नो विवेक प्रयोग गरेर निर्वाचनमा भाग लिनुपर्ने बताए|”। यसपटक निर्वाचनमा आफु सहि र सक्षम उम्मेदवारलाई भोट दिने र अफ्नो परिवार लाई पनि सक्षम व्यक्तिलाई भोट दिन सल्लाह दिने कार्यक्रमका सहभागिहरुले जनाए ।