विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि घरदैलो अभियानमा सक्रिय बनेका छन् ।
बुधवार पनि पण्डित विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । पूर्वमन्त्री पण्डितले आफैं अटो रिक्सा चलाएको तस्वीर फेसबुकमा राखेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यसअघि २०७४ सालको चुनावमा कांग्रेसले जितेको विराटनगर महानगरको नतिजा उल्टाउने एमालेको दाउ छ ।