KhabarUjyalo

कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते

२३ चैत्र २०७८, बुधबार
कैलालीमा अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते

धनगढी । कैलालीमा मंगलबार राती अटो र मोटसाइकल ठोक्किँदा ४ जना घाइते भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित पेट्रोल पम्प नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको से१ह २३१७ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको लु७२प ६२६० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा अटो चालक बर्दगोरिया गाउँपालिका–१ बहुनियाका २७ वर्षीय पदम रोकाया, मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २५ वर्षीय इन्द्रबहादुर चौधरी, सोही ठाउँकी १९ वर्षीया रेनू परियार र कञ्चनपुरको महाकाली नगरपालिकाका २४ वर्षीय विनोद दमाई घाइते भएका हुन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo